Logo
Logo

कोरोनाको आयुर्वेदिक उपचार : वैज्ञानिक परीक्षण गर्न कार्यदल


- दृष्टि न्युज/संवाददाता

0
Shares

गोवा, ३० चैत (एएनआई) । भारतमा कोरोनाभाइरस विरुद्धको आयुर्वेदिक उपचारलाई वैज्ञानिकरुपमा प्रमाणित गर्न कार्यदल गठन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नै कार्यदल गठन गरेर आयुर्वेदिक उपचार पद्धतिबाट कोरोनाभाइरसको उपचार हुन्छ की हुँदैन परीक्षण गर्न र वैज्ञानिक रुपमा पुष्टि गर्न निर्देशन दिएका छन् ।
आइसीएमआरजस्ता निकायहरुसँग समन्वय गरेर यसका बारेमा अध्ययन गर्न प्रधानमन्त्री मोदीले लगाउनु भएको आयुर्वेद र योगसम्बन्धी संघीय राज्यमन्त्री श्रीपद वाई नाइकले जानकारी दिएका छन् । एएनआईसँगको कुराकानीका क्रममा राज्यमन्त्री नाइकले भनेका छन्, ‘कोरोनाभाइरसको आयुर्वेदिक तथा परम्परागत उपचारका बारेमा वैज्ञानिक रुपमा परीक्षण तथा पुष्टि गर्न प्रधानमन्त्री मोदीले नै एउटा कार्यदल बनाएर परिचालन गर्नुभएको छ ।’
आयुर्वेदिक उपचार पद्धतिका बारेमा आफूहरुसँग झण्डै दुई हजार प्रस्तावहरु आएको र ती सबैको अध्ययन र परीक्षण गरिने जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्