Logo
Logo

काठमाडौंको अपार्टमेन्टमा बस्ने तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ बैशाख ।

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

१५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलार्ई यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको एक प्रहरी अधिकारीले बताए । पिसिआर प्रविधिमार्फत परीक्षण गरेपछि त्यसबारे थप प्रष्ट हुनेछ ।

उनीहरु गत ५ चैतमा लण्डनबाट फर्किएकका थिए । अपार्टमेन्टमा प्रहरीले सिल गरी बाहिर आउन तथा भित्र जानबाट रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्