Logo
Logo

सहकारीमा ५ लाखसम्मको बचत राख्ने बचतकर्ताका पैसा फिर्ता हुने


567
Shares

काठमाडौं । सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन् ।

बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको हो । पाँच लाख भन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन ।

यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्