Logo
Logo

नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने


126
Shares

काठमाडौं । नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गरिने सरकारले घोषणा गरेको छ । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका छन् । सूचना प्रविधिमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने व्यवस्था गरिने उनको भनाइ छ ।

सूचना प्रविधिलाई अर्थतन्त्रको सम्बाहक बनाइने भन्दै उनले नेपालमा सूचना प्रविधिमा डाटा सुरक्षा गर्ने व्यवस्था मिलाउने बताए । साथै डिजिटल नेपाल परिमार्जन गर्ने पनि सरकारको योजना रहेको उनले बताए ।

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि ५९ करोड विनियोजन गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्