Logo
Logo

कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याइयो


1.1k
Shares

काठमाडौं । सरकारले बजेटमार्फत कार, जिप र भ्यानमा दिएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट सच्याएको छ । आर्थिक विधेयकमा भएको ‘टाइपिङ मिस्टेक’ सच्याउने निर्णय गर्दै मन्त्रिपरिषद्को बैठकले कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याएको हो ।

योसँगै आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८७०३ अन्तर्गतका कार, जिप र भ्यानमा दिइएको भ्याट छुटको व्यवस्था हटाइएको छ ।

१० वा सोभन्दा बढी यात्रु बोक्ने एम्बुलेन्स वा शवबाहनमा मात्रै भ्याट छुट हुनुपर्नेमा ‘टाइपिङ मिस्टेक’ हुँदा कार, जिप र भ्यान पनि भ्याट छुटको सूचीमा परेको भन्दै अर्थ मन्त्रालयले गल्ती सच्याएको छ ।

आर्थिक विधेयकमा भएको उक्त गल्ती सच्याउन अर्थ मन्त्रालयले २०२१ सालमा बनेको सामयिक कर असुलीको मद्दत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्