Logo
Logo

लक्ष्यअनुसार राजस्व संकलन हुनेमा शङ्का छ: धनराज गुरुङ 


189
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व संकलन हुनेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे ।

सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने बताए ।

‘औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु. दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु. दुई खर्ब राजस्व संकलन गर्न सकिन्छ । त्यस्तै, नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु. दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्फ पनि सोच्न जरुरी छ,’ गुरुङ भने ।

देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने संकल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ । हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दि ए।

प्रतिक्रिया दिनुहोस्