Logo
Logo

कोभिड-१९ : विश्वभर संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, जोखिममा दक्षिण एसियाली मुलुक


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, ६ बैशाख (एजेन्सी) । करिब तीन महिनाअघि चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी महामारीको रुपमा फैलिइसकेको छ । यो महमारीबाट विश्वभर संक्रमित हुनेहरुको संख्या साढे २२ लाखभन्दा बढी पुगेको छ ।
शनिबार बिहान वल्ड्रोमिटरले जारी गरेको तथ्यांकअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख ५० हजार ७ सय ९० पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख ५४ हजार २६६ पुगेको छ । त्यस्तै, ५ लाख ७१ हजार १४७ उपचारपछि निको भएका छन् ।
शुक्रबार अमेरिकामा १३ सय २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मा मृत्यु हुनेहरुको संख्या ३७ हजार १ सय ५८ पुगेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९० हजार ६ सय ३१ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन ५ सय ७५ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ पुगेको छ भने संक्रमितहरुको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ ।
त्यस्तै, बेलायतमा एकैदिन ८ सय ४७ जनाको मृत्यु भएपछि त्यहाँ मर्नेहरुको संख्या १४ हजार ५ सय ७६ पुगेको छ । त्यस्तै फ्रान्समा पनि एकैदिन ७ सय ६१ जनाको मृत्यु भएको छ । योसहित त्यहाँ मृत्यु हुनेको संख्या १८ हजार ६ सय ८१ पुगेको छ । यता, चीनमा संशोधित तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ४६ सय ३२ पुगेको छ । शुक्रबार मात्र विश्वभर ६ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो साता दिनयता संक्रमण दक्षिण एसियाली मुलुकहरुमा पनि फैलँदो छ । युरोप र अमेरिका यो संक्रमणबाट बढी प्रभावित बनेको छ । यस्तै, अहिले दक्षिण एसियाली मुलुकहरु भारत, पाकिस्तानलगायत पनि प्रभावित बन्दै गएको छ । भारतको यो संक्रमण तिव्र रुपमा फैलिँदोक्रममा रहेका बेला नेपालमा समेत ३० जना संक्रमित पुष्टि भइसकेको छ । अहिलेसम्म भारतमा १४ हजार ३ सय ५२ जना संक्रमित भएका छन् भने यहाँ ४८६ जना ज्यान गुमाइसकेका छन् । भारतमा नयाँ संक्रमित बढ्नेक्रम तिव्र छ । यससँगै दक्षिण एसियाली मुुलुक संक्रमणबाट जोजिममा पर्दै गएको छ । पाकिस्तानमा ७ हजार २५ जना संक्रमित भएका छन् । यहाँ १३५ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिलेसम्म मृत्यु भनेको कसैको भएको छैन । ३० जनामा संक्रमण देखिएपनि एक जना निको भइसकेका छन् । तैपनि पछिल्लो समय नेपाल समेत संक्रमणको जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्