Logo
Logo

कृषि एम्बुलेन्स सेवा, जसले तरकारी घरमै ल्याइदिन्छ


- दृष्टि न्युज/संवाददाता


पाल्पा, ७ बैशाख । कोरोना भाइरसको सन्त्रासले देश ‘लकडाउन’ छ । यस्तो अवस्थामा अत्यावश्यक खाद्य सामग्री तथा ताजा तरकारीको समस्या पर्न सक्छ । ‘लकडाउन’को पालना गर्दै पसलहरु बन्द भएपछि तरकारी कसरी पूर्ति गर्ने भन्ने चिन्ता हुने नै भयो । तर, चिन्ता नलिनुस् किनकि, अब यहाँहरुकै सेवाका लागि ‘कृषि एम्बुलेन्स सेवा’ सञ्चालनमा आएको छ, जसले चाहिएको तरकारी घरमै ल्याइदिनेछ ।
तानसेन नगरपालिका र संगम मदनपोखरा कृषि सहकारीको सहयोगमा तानसेन युवा परिषद, पाल्पाले ‘कृषि एम्बुलेन्स सेवा’ सञ्चालनमा ल्याएको हो । उक्त सेवा आइतबारदेखि सुरु भएको तानसेन युवा परिषदले जनाएको छ ।
दुई गाडीबाट २५०० किलो तरकारीबाट तानसेन कृषि एम्बुलेन्स सेवा सुरु गरेको परिषदले जनाएको छ । उक्त सेवा प्रदेश सभासद नारायण आचार्यलाई ५ किलो काउली बिक्री गरेर सुरु गरेका थिए ।
‘हामी घरघरै आउने योजना बनाएर निस्किएका हौँ तर शुभारम्भका लागि टुँडिखेलमा पुग्दा आमउपभोक्ताको लाइनबद्ध उपस्थितिलाई हामीले इन्कार गर्न मिलेन । टुँडिखेलमा प्रदेशसभासद नारायण आचार्यलाई ५ किलो काउली बिक्री गरेर सुरू गर्यौं, निमेषभरमै तरकारी सकियो । भोलि ४ र ५ वटा गाडीमा तरकारी घरघरमै आउँदैछ । घरमै बस्नुस्, तरकारी ढोकैमा आइपुग्नेछ’ युवा परिषदले जारी गरेको सुचनामा भनिएको छ ।
युवा परिषदले आफूहरुसँग प्रर्याप्त तरकारी भएको जनाउँदै पालैपालो सबैको घर अगाडि तरकारी लिएर कृषि एम्बुलेन्स आउने जनाएको छ । यो सेवामा तरकारी १०० वा ५० रुपैयाँको पोकामा हुनेछ । त्यसैले ग्राहकलाई खुद्रा पैसा लिएर बस्न आग्रह गरिएको छ । यो पाल्पा, तानसेन बजामार लागि हो ।

तरकारी आवश्यक परेमा सम्पर्क गर्नुहोला

भोलिको बजारमुल्य
काउली प्रति किलो रु २० र (एक पोका ५ केजी रु १००)
बन्दा प्रति किलो रु १० (एक पोका ५ केजी रु ५०)
काक्रो प्रति किलो रु ४०र (एक पोका २.५केजी रु १००)
सेमी प्रति किलो रु ५०
सम्पर्क अध्यक्ष गुराँस आत्रेय ९८५७०६०८०६
महासचिव धनु घिमिरे ९८४७०२८३३८
सदस्य रघु पराजुली ९८५७०६५७८९
सदस्य रेनुका बस्याल ९८४७१६८५७९
तरकारी गाढी जुनसुकै बेला तपाईंको घरमै आउने छ । 

प्रतिक्रिया दिनुहोस्