Logo
Logo

विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन


1.1k
Shares

काठमाडौं । रक्षामन्त्री हरि उप्रेतीले जनसुनजन्य विपद् व्यवस्थापनको लागि तयार भएर बस्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

मन्त्री उप्रेतीले उपत्यका पृतना हेडक्वार्टरको अवलोकन गर्दै यस वर्ष मनसुनजन्य विपद र बाढी पहिरोको जोखिम अलि ज्यादा हुने भएको भन्दै विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

सो क्रममा उनले विपद् व्यवस्थापनका आवश्यकताहरु रक्षा मन्त्रालयबाट जतिसक्दो चाँडो पूर्ती गर्ने प्रतिवद्धता समेत जनाए ।
मन्त्री उप्रेतीले नेपाली सेनालाई सम्बोधन गर्दै नेपाली जनताको एक मात्र विश्वसनिय र भरोसाको केन्द्र नेपाली सैनिक रहेको बताए ।

पहाडमा सुत्केरी हुँदा होस् या तराईमा सर्पले डस्दा, हावाहुरी, विमान दुर्घटना लगायतका दुर्घटनामा नेपाली सैनिकलाई नै जनताले याद गर्ने गरेको बताए । सिमित श्रोत साधनका बाबजुत नेपाली सेनाले जनताको विश्वास जीतेको उनको भनाई थियो

प्रतिक्रिया दिनुहोस्