Logo
Logo

कोरोना कहर : भारतमा संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो


(एएनआई)

0
Shares

नयाँदिल्ली, ९ वैशाख (एएनआई) । गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मंगलबार जनाइएको छ । मंगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड–१९’का संक्रमितको संख्या १८ हजार ६०१ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।
भारतमा देखिएका यी संक्रमितहरूमध्ये ३ हजार २५२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १४ हजार ७५९ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । मन्त्रालयले भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४७ जना रहेको जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ५९० पुगेको छ ।
शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मंगलबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ
महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ४ हजार ६६६ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २३२ जनाको निधन भएको छ । यसैगरी यस राज्यका ५७२ जना नागरिक उपचारपछि निको भएर घर फर्किएका बताइएको छ ।
महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र २ हजार ८१ जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ४७ जनाको मृत्यु भइसकेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच ४३१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यस प्रकोपको तेस्रो स्थानमा रहेको भारतको गुजरात राज्य रहेको छ । गुजरात १ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस सक्रमणबाट ७१ जनाको मृत्यु भएको छ भने, १३१ जना उपचारपछि घर फर्किएका छन् ।
यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य राजस्थान चौथो स्थानमा रहेको छ । राजस्थानमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार ५७६ जना पुगेको प्राप्त समाचार जनाइएको छ । यी संक्रमितहरू मध्ये २०५ जना भने उपचारपछि घर फर्किएका छन् । कोरोना संक्रमणबाट राजस्थानमा २५ जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी भारतको तामिलनाडूमा कोरोना भाइरसका संक्रमितहरु १ हजार ५२० जना भेटिएका छन् । यहाँका ४५७ जना उपचारपछि घर फर्किएका छन् भने १७ जनाको मृत्यु भएको छ ।
मध्यप्रदेशमा १ हजार ४८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसबाट ७४ जनाको ज्यान गएको छ भने, १२७ जना संक्रमित निको भएका छन् । भारतको केरला राज्यमा ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो समयमा भारतमा हरेक दिन सयौँ संक्रमित देखिन थालेका बताइएको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को संक्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्