Logo
Logo

आन्तरिक र अन्तर्राष्ट्रिय उडान २ जेठसम्म बन्द, लकडाउनबारे भोली निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ बैशाख । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान २ जेठसम्म बन्द गर्ने निर्णय गरेको छ । शनिबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिएका छन् । यसअघि १८ वैशाखसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय सरकारले गरेको थियो
यस्तै, लकडाउनलाई निरन्तरता दिने यसको मोडालिटीबारे छलफल भएपनि निर्णय हुन सकेन । लकडाउनको अवधि र मोडालिटीबारे समितिकै सिफारिसको आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने विडारीले जनाएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भएको थियो । सरकारले पछिल्लोपटक थपेको लकडाउन यही १५ वैशाखमा सकिँदैछ ।
छलफलमा सहभागी अधिकांश सदस्यले बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा राखेका थिए । तर, प्रस्तावहरुलाई मन्त्रिपरिषदमा पठाउने निर्णय भएको समितिका सदस्यले बताए । उनका अनुसार सदस्यहरुको सिफारिस र प्रस्तावहरु कम्पाइल गरेर मन्त्रिपषिदमा पठाइएको छ भने अन्तिम निर्णय भोलि आइतबार बस्ने मन्त्रिपरिषदले गर्नेछ ।
त्यस्तै, केही सदस्यले अहिलै लकडाउन खुकुलो बनाउन नुहने बताएका थिए । उनीहरुले छिकेकी भारतमा संक्रमण फैलिरहेको बेला नेपालमा पनि जोखिम कायमै रहेको भन्दै लकडाउनलाई केही समय कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।
भारतमा २१ वैशाखसम्म लकडाउन घोषणा गरिएकोले त्योभन्दा पहिले यहाँ लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले पनि सरकार लकडाउन थप्ने तयारीमा सरकार पुगेको छ । पहिलोपटक ११ चैतबाट मुलुकभर लकडाउन घोषणा भएको थियो । पछिल्लो पटक थपिएको लकडाउनको समय १५ वैशाखमा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्