Logo
Logo

लकडाउनमा थप कडाई गर्न गृह मन्त्रालयको निर्देशन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ बैशाख ।
गृह मन्त्रालयले लकडाउनलाई थप कडाई गर्न प्रहरीलाई निर्देशन दिएको छ । उपत्यकाकाबाट दैनिक हजारौं भिडभाड गरेर गाडीमा बाहिरिन थालेपछि गृहले सोमबार यस्तो निर्देशन दिएको छ ।


स्थानीय तह तथा सांसदहरुले गाडी रिजर्भ गरेर सर्वसाधरण ओसारिरहेका छन् । उपत्यकाबाट दैनिक करिब १० हजार बाहिरिएको प्रहरी स्रोत बताउँछ । पास बिनाकै गाडीमा सर्वसाधरण ओसारिने गरिएको छ । प्रहरीले पनि यसमा लचकता अपनाएको छ ।
भिडभाड गरेर सर्वसाधरण बाहिर जाने क्रमले संक्रमणको जोखिम बढाएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्