Logo
Logo

सरकारी वकील कार्यलयले पनि लिएन सांसद ‘अपहरण’ मुद्दा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ बैशाख । सांसद डा. सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणको उजुरी सरकारी वकीलको कार्यालयले पनि लिन अस्वीकार गरेको छ । ‘अपहरण’सम्बन्धी उजुरी दिन जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेताहरु मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
यसअघि सोमबार नेताहरु काठमाडौं प्रहरी परिसरमा उजुरी दर्ता गर्न गएको थिए । परिसरले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि आज नेताहरु सरकारी वकीलको कार्यालय पुगेका थिए ।
नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पुर्वराज्यमन्त्री समेत रहेको सांसद चौधरीको अपहरण गरेको जसपाको दाबी गर्दै आएको छ ।
नेताहरु उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत सरकारी वकिलको कार्यालय पुगेकोमा महेश बस्नेतका समर्थकले नाराबाजी गरेका थिए । उनीहरुले जसपाका नेतामाथि साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गराउन समेत माग गरेको थिए ।
तनावका बीच सरकारी वकिल कार्यालयले उजुरी अध्ययन गरेपछि मात्र लिने बताएको जसपाको एक नेताले बताए । उजुरी दिन अपहरणमा परेका भनिएका सांसद यादव पनि बबरमहलस्थित कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्