Logo
Logo

प्रचण्डको आलोचना गरेको आरोपमा पत्रकार दीपक पाठक पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ बैशाख ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डको आलोचना गरेको आरोपमा पत्रकार दीपक पाठक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।


मागर्दशन पत्रिकाका प्रकाशक तथा सम्पादक रहेका पाठकले नेकपाभित्रको पछिल्लो विवादबारे प्रचण्डको आलोचना गरेका थिए । सोही आरोपमा उनी पक्राउ परेका हुन् । प्रचण्डविरुद्ध फेसबुकमा गालीगलौच गरेकोले पक्राउ गरिएको ब्यूरोका एक प्रहरी अधिकारीले बताए ।

पाठक रेडियो नेपालका सञ्चालक समिति समस्य समेत हुन् ।  आलोचना गरेकै आधारमा प्रहरीले पछिल्लो समय सर्वसाधरणलाई पक्राउ गरेर मुद्दा चलाउन थालेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्