Logo
Logo

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे नागरिक उन्मुक्तिका मन्त्री थापालाई बर्खास्त


9.3k
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफ्नो निर्देशन विपरीत प्रदेश सभाको बैठकमा सहभागी भएको भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका मन्त्री थापा प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश सभाको विशेष अधिवेशनको बैठकमा सहभागी भएका थिए । ८ साउनमा बसेको पहिलो र आइतबार बसेको दोस्रो बैठकमा सहभागी भएपछि थापालाई मन्त्रीबाट बर्खास्त गरिएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000