Logo
Logo

सुनको मूल्य प्रतितोला डेढ लाख पुग्यो


630
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला करिब डेढ लाख अर्थात एक लाख ४९ हजार नौ सय पुगेको छ ।

यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय बराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा आज एक सयले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सयमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ७ सय ५० मा कारोबार भएकामा आजरु एक हजार सात सय ९५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्