Logo
Logo

शुक्रबार प्रतितोला १५ सयले बढ्यो सुन


1.5k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार एक सय कायम भएको हो ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसैबीच चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ ।

विहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आज एक हजार सात सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्