Logo
Logo

माइतीघरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ६ पक्राउ


9.7k
Shares

काठमाडौँ । माइतीघरमा प्रदर्शनकारी र नेपाल प्रहरीबीच झडप भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा र्‍याली निकालेका युवक र प्रहरीबीच शनिबार झडप भएको हो ।

माइतीघरबाट सुरु भएको र्‍याली आर्ट काउन्सिलबाट फर्किएर पुनः माइतीघर छेउमा आएर बीच बाटो मै बसेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

झडपपछि प्रहरीले बब्लु गुप्ता, सोम शर्मा, शिव सायद, हेमराज थापा, मदन बुढा, विजय कँडेल लगायतलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्