Logo
Logo

तुलसी सहकारीका अध्यक्षलाई नख्खु जेलबाट ल्याएर संसदीय समितिले गर्‍यो सोधपुछ


2.4k
Shares

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ ।

सिंहदरबारमा शनिबार बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

तुलसी सहकारी मार्फत वचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २० भदौ २०८० देखि कारागारमा छन् । तुलसी सहकारीविरुद्ध एक हजार १४५ जना वचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्