
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–८ स्थित बडीगाड खोलामा एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले नाम थर वतन नखुलेको अन्दाजी ५०÷५५ वर्षकी महिलाको शव भेटिएको जानकारी दिए ।
स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पहिचानको लागि जिल्लाभर र छिमेकी जिल्लाहरुमा सूचना प्रवाह गरिएको केसीले बताए । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














