Logo
Logo

वर्षाका कारण पाँचै खेल स्थगित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ माघ । वर्षाका कारण जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज बुधबार हुने पाँचवटै खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुने खेल स्थगित भएको आयोजकले जनाएको छ ।
क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए । वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उनको भनाइ छ ।
प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो । प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्