Logo
Logo

काठमाडौं उत्रिए भारतीय विदेश सचिव, राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने


1.7k
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । समकक्षी सेवा लम्सालको औपचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि उनी केहि बेरअघि काठमाडौं आइपुगेका हुन् ।

विदेश सचिव मिश्रीलाई विमानस्थलमा नेपाली समकक्षी लम्सालले स्वागत गरिन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मिश्रीले भोलि ११ बजे परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई दिने भ्रमण सकेर उनी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्