
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका छन् ।
माओवादीको जारी स्थायी कमिटी बैठकमा पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभारबारे लिखित प्रतिवेदन पेश गर्दै नेता शर्माले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रचण्डलाई सुझाव दिएका हुन् ।
२०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिकरूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट पेश भएको सम्भवतः यो पहिलो लिखित प्रस्ताव हो ।
नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’
शर्माले प्रचण्डमाथि परिवारवाद लादेको तथा वैचारिक मत राख्ने नेताहरूलाई बदनाम गर्न पार्टी तथा राज्यसत्ताको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन् । साथै उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।
यस्तो छ, शर्माको लिखित प्रस्ताव:














