Logo
Logo

भारतीय विदेश सचिवद्वारा नेपाल भाषा परिषद्को भवन उद्घाटन


756
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन गरेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान काठमाडौँ आइपुगेलगत्तै उनले नेपाल भाषा परिषदको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

मिस्रीलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका मिस्री पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् ।

उनले आजै २ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ । त्यस्तै उनले सोमबार बिहान ११ बजे परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई दिने भ्रमण सकेर उनी सोमबारै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्