Logo
Logo

आइतबारदेखि ग्लोबल आइएमई बैंकका सबै शाखा खुल्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ बैशाख ।
आइतबारदेखि ग्लोबल आइएमई बैंकका सबै शाखा खुल्ने भएका छन् । बैंकले ११ देखि १ बजेसम्म सबै शाखाबाट सेवा दिने शुक्रबार सूचना जारी गरी जानकारी दिएको छ ।


सरकारले शुक्रबारदेखि अत्यावश्यक सेवामा थप लचकता अपनाउने निर्णय गरेको थियो । बैंकहरुले एक तिहाई कर्मचारी राखेर काम गर्न सक्ने जनाएको छ । अन्य बैंकहरुले पनि सेवा बढाउने तयारी गरेका छन् ।
त्यस्तै आइतबारदेखि शेयर बजार समेत खुल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्