Logo
Logo

स्थायी कमिटीको सामना गर्न प्रधानमन्त्री तयार, बुधबार बैठक बोलाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
गत २५ बैशाखका लागि तय भएर स्थगित भएको सत्तारुढ नेकपाको स्थायी किमिट बैठक बुधबार बस्ने भएको छ । बुधबार ११ बजेका लागि बैठक बोलाइएको छ ।


एजेन्डामा सहमति नभएको भन्दै २५ गतेको बैठक स्थगित भएको थियो । धेरै नेताहरुले राजिनामा माग्न लागेको भन्दै प्रधानमन्त्री ओलीले बैठक नबोलाएको आरोप लागेको थियो । २० जना स्थायी समिति सदस्यले त भेला गरेर दबाब समेत दिएका थिए । अन्ततः ओली बैठक बोलाउन र आलोचना सुन्न तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्