Logo
Logo

भारतले मिचेको भूमि फिर्ताका लागि पहल गर्न माग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख । प्रतिनिधिसभाका सांसदहरुले भारतले मिचेको भूमि फिर्ता गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै फिर्ताका लागि दीर्घकालीन पहल गर्न आग्रह गरेका छन् ।
बैठकमा सांसद बालकृष्ण खाँण, दिव्यमणि राजभण्डारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, धर्म्शिला चापागाईं, थममाया थापालगायतले भारतले नेपालको सिमाना मिचेर सडक निर्माण गरेको सम्बन्धमा भत्र्सना गर्दै फिर्ताका लागि पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, सांसद प्रकाशमान सिंह र टेकबहादुर बस्नेतले कोरोनाका कारण मजदुर र निम्न वर्गका समुदाय बढी समस्यामा परेको बताउँदै समस्यामा परेकालाई उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद डा डिला संग्रौला, तेजुलाल चौधरी र दीपकप्रकाश भट्टले कोरोनाले विदेशमा निधन भएका नेपालीको शव ल्याउन र कोरोनाका कारण भारतलगायत अन्य देशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
सांसद तिलबहादुर महत क्षेत्री र दामोदर भण्डारीले कोरोना संक्रमण रोक्न सरकारले चालेको कदम प्रशंसनीय भएको उल्लेख गर्दै आगामी दिनमा परीक्षणको व्यवस्था सबै जिल्लामा पु¥याउन र सिमानामा कडाइ गर्न आग्रह गरे । सांसद दिलेन्द्रप्रसाद बडूले संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्मा नदेखिनुभएको बताउँदै उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्