Logo
Logo

१७ जिल्ला कोरोना संक्रमणबाट प्रभावित, पर्सा, उदयपुर र कपिलवस्तु उच्च जोखिममा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
केही दिनयता नेपालमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको छ ।


नेपालमा हालसम्म १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । एक सय ९१ ज्नामा संक्रमण देखिएकोमा ३३ जना निको भइसकेका छन् ।
सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा छन् । जहाँ संक्रमितको संख्या ६४ पुगेको छ । मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको थियो ।
उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा पाँच तथा कैलालीमा चार जनामा संक्रमण भेटिएको छ । बारामा तीन, चितवन, बाग्लुङ र झापामा २÷३ तथा, भोजपुर,बर्दिया, कञ्चनपुर, सर्लाही र सप्तरीमा १÷१ जनामा संक्रमण देखिएको छ ।

लकडाउनका बाबजुत नेपालमा समुदाय तहमा संक्रमण फैलिएको छ । जून निकै जोखिमपूर्ण भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
छिमेकी देश भारतमा पनि उच्च दरमा बढेको छ । जहाँ सोमबार ४२ सयमा संक्रमण देखिएको थियो । भारतमा संक्रमितको संख्या ६० हजार नाघेको छ । खुला सीमाका कारण भारतबाट आउनेहरुबाट नेपालमा संक्रमण बढेको हो ।

प्रतिक्रिया दिनुहोस्