Logo
Logo

लकडाउनमा कडाई गर्न प्रधानमन्त्रीको निर्देशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । जबकी उनकै अध्यक्षतामा बसेको गत साताको मन्त्रिपरिषद्को बैठकले केही उद्योग व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।


सो निर्णयसँगै उपत्यकाको सडकमा सवारी साधन बढेका छन् । कतिपय स्थानमा जाम समेत हुन थालेपछि लकडाउमाथि प्रश्न उठेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकमा लकडाउनमा कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएको एक मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्