Logo
Logo

सुर्खेतमा ड्युटीमा रहेका प्रहरीको हत्या


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, ३० बैशाख । ड्युटीमा रहेको एक प्रहरीको रहस्यमय हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँ देउली डाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको हो ।
सोमबार राती ड्यूटीमा बसेका उनको नजिकैको जंगलमा शव भेटिएको थियो । उनको हत्या वा आत्महत्या हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको आत्महत्या पनि हुनसक्ने आशंका गरिएको छ ।
राती ड्यूटी बसेका मृतक खड्काको शव प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा फेला परेको थियो । कञ्चटमा गोली लागि मृत अवस्थामा फेला परेका प्रहरी जवान खड्काको रहस्यमय हत्या भएको धेरैको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाविस–५ घर भएका जवान खड्का पेस्तोलसहित राती ड्यूटी बसेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरीक्षक दिल्लीराज पन्त, प्रहरी अनुसन्धान अधिकृत भरत शाहसहितको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्