Logo
Logo

थप २६ जनालाई कोरोना, काठमाडौं र भक्तपुरमा पनि देखियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
नेपालमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये तीन जना उपत्यकाका छन् । काठमाडौंमा एक जना तथा भक्तपुरमा दुई जनामा संक्रमण देखिएको हो ।


काठमाडौंमा ३३ वर्षिया महिला तथा भक्तपुरमा एक महिला र एक पुरुषमा संक्रमण देखिएको हो ।
अन्य संक्रमित वीरगञ्जका धेरै छन् । सबै गरेर दुई सय १७ जना संक्रमित पुगेका छन् । संक्रमण बढेसँगै गृह मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्ला जान रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्