Logo
Logo

कोरोना त्रासमै भूकम्पको धक्का


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख । कोरोना भाइरसको संक्रमणले क्रसित बनाइरहेको बेला काठमाडौंमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । गएराति ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो । भूकम्पको सेन्टर दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपास परेको केन्द्रले जनाएको छ । लकडाउनका कारण सबैजना घरमै बसिहेका भूकम्पको धक्काले थप त्रसित बनाइएको थियो । भूकम्पको धक्कापछि धेरैको निन्द्रा हराएको थियो ।

सरकारले मंगलबार मात्र लकडाउन थप कडाइ गर्ने निर्णय गरेको छ । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि केही दिनअघि खुकुलो पारिएको लकडाउनमा पुनः कडाइ गर्ने निर्णय सरकारले गरेको हो । बिहीबार अर्थात जेठ १ गतेबाट लागू हुने गरी गृहमन्त्रालयद्वारा जारी सबै अस्थाइ सवारी पास रद्द गरेको छ । मंगलबारमात्र नेपालमा ८३ जना नयाँ संक्रमित थपिएका छिन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्