Logo
Logo

सुरक्षाकर्मी फिर्ता लैजान प्रवक्ता श्रेष्ठको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३१ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना लागि सुरक्षामा सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् ।
आफूलाई कुनै सुरक्षाको खतरा महसुस नभएको भन्दै उनले राज्यको आवश्यकताका लागि सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका छन् । पछिल्ला दिनमा सीमा सुरक्षाका लागि विशिष्ट व्यक्तिको सुरक्षामा खटिइएका सशस्त्र प्रहरी बल परिचालन गर्ने समाचार सार्वजनिक भइरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो भनाइ बाहिर आएको हो । प्रवक्ता श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचनअघिदेखि राज्यले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गर्न अनुरोध गरेका हुन् ।
उनले भनेका छन्, ‘मैले पूर्वगृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइनँ, सशस्त्र प्रहरी बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ, तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाका कारणले राख्न अनुरोध गरेकाले राखिएको हो ।’

प्रतिक्रिया दिनुहोस्