Logo
Logo

कार्यालयमै मापसे गर्ने डिएसपी कारबाहीमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
कार्यालय समयमा मादक पदार्थ सेवन गरी डिउटीमा वेवास्था गर्ने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भिमलाल भट्टराई कारबाहीमा परेका छन्। प्रदेश प्रहरी कार्यालय दाङले उनलाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ ।


प्रदेश नम्बर ५ का प्रहरी प्रमुख डिआईजी रबिन्द्र धानुकले डिएसपी भट्टराईलाई जिम्मेवारीबाट मुत्त गरिएको बताए । प्रदेश प्रहरी स्रोतका अनुसार मातहतको निर्देशन नमानेको र मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएको भेटाएपछि भट्टराईलाई कारबाहीस्वरुप प्रदेश प्रहरी कार्यालयमा तानिएको हो।
मुख्यमन्त्रीको सवारीको बेला उपस्थित नभएको र बुभ्mदा उनी मादक पदार्थ सेवन गरी बसेको खुलेको थियो । उनको कार्यशैली पनि पटक पटक विवादमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्