Logo
Logo

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
भारतले नेपाल हुँदै तिब्बत जाने बाटो खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साढे चार बजे सर्वदलीय बैठक डाकेका छन् ।


बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई डाकिएको छ ।

नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । गत कात्तिकमा भारतले लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि पनि प्रधानमन्त्री ओलीले यस्तो बैठक बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्