Logo
Logo

कुनै हतार नभएका सुमनको ‘रानी बनी देउ’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख । ‘म कुनै हतारमा छैन’ बोलको गीत गाएर चर्चामा आएका गायक सुमन सरगम फेरि देखिएका छन् । तर, उनी यसपटक भने कसैलाई आफ्नी रानी बनाउन हतारिएका छन् गीतमार्फत । यी हतार नभएका गायकले पछिल्लो समय ‘मेरो रानी बनी देउ’ बोलको गीत तथा भिडियो ल्याएका छन् । यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाएका छन् ।
सुमनले अहिलेसम्म थुपैै्र गीत गाइसकेका छन् । तर, ‘म कुनै हतारमा छैन’ बोलको गीत श्रोताको मनमा बस्न सफल भएको थियो । विशेषगरी ‘लभसङ’ रुचाउँने युवा श्रोताले उक्त गीत रुचाएका थिए । केही वर्षअघि गाएको उक्त गीतले अहिले पनि सुमन चिनिएका छन् । उक्त गजलशैलीको गीतपछि नेपाली संगीतलाई कस्तो गीत दिने त ? उनी सोच्दासोच्दै तयार बनाए, ‘मेरो रानी बनी देउ’ ।
यो गीत ‘म कुनै हतारमा छैन’सँग शाब्दिकरुपमा केही मिल्न गएको छ । तर, ‘मेरो रानी बनी देउ’ बोलको यो गीत लोकशैलीमा तयार गरिएको छ । पछिल्लो समय नेपाली संगीत क्षेत्रमा चलेको ट्रेण्डअनुसार सुमनले पनि ‘मेरो रानी बनी देउ’ गीत तयार गरेका छन् । त्यसैले पनि यो गीत यु–ट्युबका दर्शक तथा श्रोताले रुचाइरहेको उनको भनाइ छ ।
यस गीतमा दीपक शर्माको संगीत रहेको छ । दीपक पछिल्लो समय रुचाइएका संगीतकार हुन् । उनले संगीत गरेका अधिकांश गीत चर्चित छन् । विशेषगरी डान्सिङ तथा पाश्र्वसंगीतमा चर्चित दीपकले ‘मेरो रानी बनी देउ’ गीतलाई पनि फिल्मीशैलीमै तयार गरेका छन् । यस गीतमा शब्दरचना भने गिरिजाप्रसाद रिजालको रहेको छ । मिलन शंकरले निर्देशन गरेको यस गीतको भिडियोमा विकास लामिछाने, समिक्षा पोखरेल र रवि सिंह फिचरिङ छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९’को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्व नै यतिखेर लकडाउनको अवस्था छ । यो बेला मनोरञ्जन क्षेत्र पनि ठप्प भएको छ । यसैबेला गायक सुमनले ‘मेरो रानी बनी देउ’ गीत तथा भिडियो ल्याएका हुन् । सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै घरमै बस्दै आएकाहरुका लागि यो गीतले चार मिनेटका लागि भएपनि मनोरञ्जन प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्