Logo
Logo

वीरगञ्जको अस्पतालबाट दुई कोरोना संक्रमित भागे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पतालमा भर्ना भएका दुई कोरोना संक्रमित भागेका छन् । अस्पतालको सुरक्षा व्यवस्था राम्रो हुन नसक्दा उनीहरु भागेका हुन् ।


भागेकाहरुले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी सुरु भएको एसपी गंगा पन्तले बताइन् ।
उनीहरु शौचालयको भेन्टिलेटरबाट भागेका हुन् । दुवै जनाको रिपोर्ट पोजेटिभ देखिएपनि उनीहरुको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्