Logo
Logo

लकडाउनमा प्रहरी हौं भन्दै लुटपाट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
आफुहरु सादा पोशाकमा काम गर्ने घुमुवा प्रहरी हौं भनेर एम्बुलेन्स तथा अन्य सवारी साधन रोकेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका– ४ घर भएका सरोज कामी, भगत शाही र शिव शाहीलाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो । उनीहरुले मंगलबार राती सवा १२ बजेको समयमा चन्द्रागिरि नगरपालिका ४ पानिघाट स्थित जंगलमा काठमाण्डौँबाट मकवानपुर तर्फ गइरहेको प्र. ३ –०१–२३ च – ११०९ नम्बरको एम्बुलेन्स जवर्जस्ती रोकी लुटपाट गरेको प्रहरीले जनाएको छ । आफुहरु सादा पोशाकको प्रहरी भने चेकजाँचको नाममा सवारी साधन रोकेर लुटेका हुन् ।


लक डाउनलाई थप प्रभावकारी बनाउन गणेशमान मार्गमा रातको समयमा हुनसक्ने आवतजावत तथा अपराधिक कृयाकलापलाई नियन्त्रण गर्ने उदेश्यले उक्त स्थानमा खटिएको प्रहरी टोलिले लुटपाटमा संलग्न व्यक्तिहरूलाई उक्त घटनामा प्रयोग भएको २ वटा मोटरसाईकलहरू (प्रदेश ३–०२–००३ प ४७७७ र बा ७१ प ६९४५ नम्बरको) सहित पक्राउ गरेो थानकोट वृत्तका डिउसपी धनश्याम श्रेष्ठले बताए । उनीहरुको साथबाट ३३ हजार ८ सय ९६ नगद र विभिन्न कम्पनिका मोवाईलहरू ६ वटा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले गणेशमान मार्गमा पर्ने चित्लाङ सडक खण्डमा समेत तरकारी ढुवानी गर्ने बा४ ख ९९० नं को आइचर र ग १च ७६३३ नं को बोलेरोमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी भनी कुटपिट तथा लुटपाट गरेको अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्