Logo
Logo

दुई नायब निरीक्षकलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


कपिलवस्तु, २ जेठ ।
नेपालमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण बढ्दै गएको छ । कपिलवस्तु जिल्लामा तीन वटै सुरक्षा अंगका ३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । सशस्त्र र नेपाल प्रहरीका नायब निरीक्षक र राष्ट्रिय अनुसन्धानका असईलाई संक्रमण देखिएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरु सबै सीमा कृष्णनगरमा खटिएर ड्यूटी गरेका थिए ।


सुरक्षाकर्मी संक्रमित भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि पुष्टि गरेका छन् । त्यस्तै अन्य संक्रमित ५ जना रहेका छन् । यहाँ एकै दिन ९ जना संक्रमित पुरुष थपिएका छन् ।

कृष्णननगर नगरपालिकाको महेन्द्र माविमा क्वारेन्टाइनमा बसेका ५ जनामा संक्रमण देखिएको हो । उक्त नगरपालिकामा पहिलो पटक संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणबाट संक्रमित थपिएका हुन् । बुधबार साँझ ८ जना थपिएका हुन् ।

उनीहरुको सबैको वैशाख २९ गते स्वाब संकलन गरिएको थियो । त्यस अघि दिउसो एक जना थपिएका थिए । उनी कपिलवस्तु नगरपालिका ४ का हुन् । अब जिल्लामा संक्रमितको संख्या ३८ पुगेको छ । ९ जना भारतबाट आएका पुरुष हुन् । कृष्णनगरमा ५० जनाको स्वाव संकलन गरिएकामा बुधबार १६ जनाको परीक्षण भएको थियो ।
मंगलबार मात्र भक्तपुरमा कार्यरत एक सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्