Logo
Logo

अप्रेसन गर्न लागिएकी बालिकामा कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालमा त्रास


- दृष्टि न्युज/संवाददाता


 काठमाडौँ, २ जेठ ।
शिक्षण अस्पतालकी एक बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालका चिकित्सक, कर्मचारी र अन्य बिरामीमा त्रास देखिएको छ । अप्रेसनका लागि अस्पताल भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो ।

 

उनलाई ’रेस्पिरेटोरी प्यापिलोम्याटोसिस’ (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो । अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् । अस्पताललाई सिल गर्न लागिएको छ ।

त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएअनुसार उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । हाल ईएनटी विभागको भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको कारण उनलाई न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्