काठमाडौं । नेपाल खेलकुद पत्रकार मंचले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
१९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठलाई प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो ।
अवार्डका लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका प्रशिक्षक संजय महर्जन पनि मनोनयनमा परेका थिए ।