Logo
Logo

थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । संकमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको संख्या २४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्