Logo
Logo

सिडिओले जारी गरेका सबै पास रद्द


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ ।
गृह मन्त्रालयले जिल्लाभित्र सवारी चलाउन दिएको पास पनि खारेज गरेको छ । जेठ ३ गते शनिबारदेखि लागू हुने गरी जिल्लाभित्रको पास पनि खारेज गर्ने निर्णय भएको गृह मन्त्रालयका सूचना अघिकारी एवं उपसचिव उमाकान्त अधिकारीले जानकारी दिए ।


मन्त्रालयका अनुसार सिडिओ कार्यालयबाट जारी भएका पास रद्द गरिएको हो । अत्यावश्यक सेवाका लागि भने पास चाहिदैन । बैंक लगायतलाई सम्बन्धित निकायले नै पास दिएका छन् । जसअनुसार बैंकिङ सेवा तथा खाद्यान्न ढुवानीमा यसको असर हुने छैन ।
उपत्यकामा कोरोना संक्रमण बढेपछि यस्तो निर्णय गरिएको हो । उपत्यकामा पाँच जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्