Logo
Logo

पोखरामा पलेशालाई सवा ४ लाख रूपैयाँ पुरस्कारसहित सम्मान


378
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरपालिकाले पोखरा रगंशालामा एक कार्यक्रमबीच पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक विजेता पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान गरेको हो ।

सो क्रममा महानगरपालिकाले प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापकलाई पनि सम्मान गरेको छ ।

यस्तै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले पनि पलेशालाई १ लाख ५० हजार रुपैयाँले सम्मान गरेको छ ।

पलेशा र लामालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
यस्तै कास्की जिल्ला तेक्वान्दो संघले पलेशालाई ५१ हजार र प्रशिक्षक लामालाई १० हजार ५५ रुपैयाँले सम्मान गरेको छ ।

गण्डकी प्रदेश तेक्वान्दो संघको संयोजन तथा कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पलेशा र प्रशिक्षक लामालाई सम्मान गरिएको हो ।

पेरिस पारालिम्पिक्समा पलेशाले तेक्वान्दोको के ४४ विधामा महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कास्य पदक जितेकी थिइन् । जुन पदक नेपालका लागि अहिलेसम्मकै ठूलो हो ।

यसअघि पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिइसकेको छ भने अन्य विभिन्न संघसंस्थाले पनि उनलाई नगदसहित सम्मान गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्