Logo
Logo

शुक्रबार थपिए ९ संक्रमित, संक्रमितको संख्या २५८ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ । नेपालमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २५८ पुगेको छ । पछिल्लो केही दिन यता नेपालमा संक्रमितहरु थपिनेक्रम बढेको छ । यससँगै सरकारल लकडाउनलाई थप कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्