Logo
Logo
विश्वकप लिग–२ क्रिकेट

नेपालले आज ओमानसँग भिड्दै


315
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल क्यानडाको किङ्ग सिटीमा नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो ।

क्यानडा ९ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।

ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । विश्वकप सन् २०२७ को छनोटको रूपमा रहेको लिग–२ मा आठ टोली सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस्