Logo
Logo

भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने अवस्था छः राष्ट्रपति भण्डारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ जेठ
देशमा भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने अवस्था सिर्जना गरिएको सरकारले दाबी गरेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै भ्रष्टाचारविरुद्ध सफलता पाएको बताएकी हुन् ।


सरकार गठनको दुई वर्षमा उत्साजनक सफलता पाएको उल्लेख गरिएको छ । यो अवधिमा १४ वटा सूचकांकमा उत्साहजनक रहेको दाबी गरिएको छ ।
१० वर्षमा १५ हजार मेगावाट बिद्युत् उत्पादन गर्ने र खपत बढाउने नीति कार्यान्वायनमा रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्