Logo
Logo

देश विकास गर्न ‘चिनौं आफ्नो माटो, बनाउ आफ्नो देश’ अभियान चलाइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
सरकारले आगामी आर्थिक वर्षमा ‘चिनौं आफ्नो माटो, बनाउआफ्नो देश’ कार्यक्रम सुरु गर्ने भएको छ । जसअन्र्तगत स्नातकोत्तर गरेका युवाहरुलाई विकास निर्माण तथा शैक्षिक विकास कार्यक्रममा देशभरी परिचालन गर्न लागिएको छ ।


बेरोजगारी कम गर्ने र युवाहरुको ज्ञानलाई देश विकासमा प्रयोग गर्ने योजना अन्र्तगत यस्तो योजना अघि बढाइएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरी यससम्बन्धि जानकारी दिएकी हुन् ।

त्यस्तै श्रम बैंक पनि स्थापना गर्ने घोषणा गरिएको छ ।

तीन वर्षभित्र सबैको स्वास्थ्य बीमा गर्ने पनि राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्