Logo
Logo

भारतीय सेना प्रमुखको नेपालमाथि गम्भीर आरोप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
नेपाली भूमि मिचेको भारतले उल्टै नेपालमाथि आरोप लगाउन थालोके छ । भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले नेपालले अरु कसैको आदेशमा लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको दोष दिएको आरोप लगाएका छन्।


भारतीय विस्तारवादविरुद्ध नेपालमा चर्काे विरोध भइरहँदा उनले यस्तो आरोप लगाएका हुन् ।
“मानसरोवर जाने भारतीय तीर्थयात्रीहरुको यात्रा समय छोट्याउनका लागि लिपुलेक हुँदै नयाँ सडक बनाउँदा कतै कुनै कुरासँग अन्तरविरोध भएको छैन“, सेना प्रमुखको प्रतिरक्षालाई भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

“वास्तवमा, नेपाली राजदूतले काली नदीदेखि पूर्वको क्षेत्र उनीहरुको भनी उल्लेख गरेका छन्। त्यसबारे त कुनै विवाद नै छैन। हामीले बनाएको सडक त नदीभन्दा पश्चिमपट्टि रहेको छ,“

भारतको एक थिंकट्यांकले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै सेना प्रमुखले भने, “उनीहरु किन आन्दोलित भइरहेका छन्, मलाई थाहा छैन।“ नेपालले अरु कसैको आदेश बमोजिम त्यसो गरिएको हुनसक्छ भन्ने विश्वास गर्ने कारण रहेको दाबी गर्दै उनले चीन तर्फ त्यसको संकेत समेत गरे।

गत शुक्रबार शुक्रबार भारतीय रक्षामन्त्री राजनाथसिंहले भिडियो कन्फ्रेसिङका माध्यमबाट उक्त मार्गको उद्घाटन गरेपछि नेपालमा यसको विरोध हुँदै आएको छ।
सुगौली सन्धिअनुसार महाकाली नदी दुई देशको सीमाना भएकोमा सानो खोलालाई आधार बनाएर कालापानी क्षेत्रमा उनले नेपाली भूमि कब्जा गरेर चीतसँग व्यापारिक नाका खोल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्