Logo
Logo

शिक्षण अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २ जेठ ।
त्रिवि शिक्षण अस्पतालका एक कर्मचराीलाई कोरोना संक्रमण भएको पुष्टि भइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रबार साँझ सार्वजनिक विवरणमा दाङ तुलसीपुर ७ का भनिएका कोरोना संक्रमित शिक्षण अस्पतालका कर्मचारी रहेको खुलेको छ ।

 

उनको स्थायी ठेगाना तुलसीपुर ७ भएपनि उनको कार्यस्थल उक्त अस्पताल र बसोबास काठमाडौं नै रहेको पाइएको हो। शिक्षण अस्पतालमा कार्यरत उनलाई बिरामीको उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको अनुमान गरिएको छ। यसअघि अस्पतालमै उपचाररत एक ७ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएको थियो। अप्रेसन गर्न अस्पताल आएकी ती बालिकालाई संक्रमण देखिएपछि चिकित्सक तथा कर्मचारीहरुको परीक्षण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले पनि हाल त्यहाँ रहेका व्यक्ति नभई काठमाडौंकै अस्पतालमा कार्यरत कर्मचारी रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयको गलत सूचनाबाट स्थानीय त्रसित भएपछि मेयर पाण्डेले फेसबुकमार्फत् यस्तो सूचना सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्